देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा अध्यक्ष ठाकुरको रिटमाथि रेग्मीको एकल इजलासमा सुनुवाइ हुने

देशान्तर

काठमाडौं – निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने भनी निर्वाचन आयोगले दिएको आदेश विरुद्ध ठाकुर सर्वोच्च अदालत गएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उक्त निवेदन रेग्मीको इजलासमा तोकेका हुन् ।

तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी नेकपा को आधिकारिकता विवादमा क्षेत्राधिकार बाहिर गएर आदेश गरेको भनी न्यायाधीश रेग्मी सहित इजलासमा रहेका अर्का न्यायाधीश बमकुमार श्रेष्ठको आलोचना हुने गरेको छ ।

रेग्मी सहितको इजलासले एमाले र माओवादी केन्द्र अलग अस्थित्वमा हुने भनी गरेको आदेशका कारण राजनीतिक रुपमा अप्ठेरोमा परेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा भएको थियो । अहिले पनि जनता समाजवादी दल दुई खेमामा बाडिएका बेला त्यस्तै प्रकृतिको निवेदन न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।