नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भए पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको भन्दै अब गहन दायित्व निभाउनुपर्ने बेला आएको बताए । प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भइरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् ।





प्रतिक्रिया