देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पौडेल समूहको बैठक शशांक निवासमा जारी

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पौडेल समूहको बैठक महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा जारी छ ।

बैठकमा सरकार सञ्चालन, पार्टीको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल भइरहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा। रामशरण महत र अर्जुननरसिंह केसीलगायत नेताहरु सहभागी छन् ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेपछि कांग्रेस महाधिवेशन प्रभावित भएको छ । महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छैन । क्रियाशील सदस्यतालाई लिएर विभिन्न जिल्लामा विवाद कायमै छ ।