देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन देउवाको निर्देशन

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

देउवाले सामाजिक संजालमा लेखेका छन्,‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’

तीन वर्ष अघि साउन १० बेपत्ता भएकी निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा शव उखुबारीमा भेटिएको थियो। घटनाको तीन वर्ष वितिसक्दा पनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन।