काठमाडौं – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए ।
उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र लिएका गलत नीति सच्याएर, सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’
संवैधानिक प्रतिगमनकारी शक्तिलाई साथ दिएर ठाकुर पक्षले गलत गरेको भन्दै यादवले सो विषयमा सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने बताए । उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।





प्रतिक्रिया