देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयोगद्वारा महन्थ ठाकुरको हेड काउन्ट रोक्ने निवेदन अस्वीकृत

देशान्तर

काठमाडौं – निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन अस्वीकृत गरिदिएको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएको थियो तर आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पठाएको थियो ।

यतिबेला आयोगमा हेडकाउन्ट हुँदैछ । निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका छन् । यता ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन् । जसपाका नेता रेशम चौधरीको सनाखत भने निर्वाचन आयोगले जेलबाटै गराउने भएको छ ।

रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ ।