देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

देशान्तर

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच  छलफल भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल केन्द्रित भएको हो।

भेटमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ। सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपतग्रस्‍त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए। सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।