काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन्।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारीसमेत दिइन्। मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट पारिन्।
मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको सुनाइन्। आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत् महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाइ थियो।





प्रतिक्रिया