म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० ले पार्टी कार्यालय स्थापना गरेको छ। सरकारसँग तीनबुँदे सहमतिपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीले सोमबार बेनीमा सम्पर्क कार्यालय बनाएको हो।
नेकपाका केन्द्रीय सदस्य ध्रुव घिमिरे विप्लवले कर्मचारी मिलन केन्द्र अगाडि खाद्य संस्थानको भवनमा बोर्डसहित कार्यालय शुभारम्भ गरेका थिए। पार्टीकी जिल्ला सेक्रेटरी सुशीला विक को अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा नेता घिमिरेले कम्युनिष्ट पार्टीको आधारभूत मान्यतालाई संस्थागत गर्दै राष्ट्र र जनताप्रति मूल्य मान्यता र सिद्धान्तको राजनीति आवश्यक रहेको बताए। जनयुद्धको घटनाक्रमलाई सम्झँदै परिवर्तनका लागि सहिद बनेकाहरूको सपनालाई कार्यान्वयन गर्न लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे।
‘लोकतन्त्र र गणतन्त्र आए पनि जनतालाई लोकतन्त्र र गणतन्त्रको अनुभूति भएको छैन,ु नेता घिमिरेले भने, ‘संसदीय व्यवस्था, समानुपातिक, समावेशीले भ्रष्टाचारलाई संस्थागत गराएको छ।’
संयुक्त सरकार आवश्यक रहेको भन्दै नेता घिमिरेले पात्रभन्दा पनि व्यवस्था छान्ने अधिकार जनतालाई दिन आग्रह गरेका थिए। अहिलेको संसदीय व्यवस्था दलाल, पुँजीपति र विचौलियाको हातमा पुगेको उनको भनाइ थियो। यसलाई हटाउन जनतालाई अधिकार दिनुपर्नेमा उनले जोड दिए।





प्रतिक्रिया