काठमाडौं – नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको हो ।
समितिले कांग्रेसका कुल आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाइएको छ । जसमा ४ लाख ९ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण गरिएको छ भने ४ लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष ९७४।२६ ० प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला ९२२।६२० प्रतिशत रहेका छन् । अन्यमा १७६ ९०।०२० प्रतिशत जना छन् ।
समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । समितीमा नेता रमेश लेखकको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना, जीवन परिवार, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका थिए ।





प्रतिक्रिया