देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाई

देशान्तर

काठमाडौँ – पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनको न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत, काठमाडौँको फैसलालाई सदर गरेको हो ।

महरा सभामुख रहेका बेला संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती गरेको भन्दै मुद्दा दायर भएको थियो । महराले आरोप लागेपछि २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए भने उनी असोज १९ गते पक्राउ परेर ५ महिना पूर्पक्षका लागि कारागारमा पनि बसेका थिए ।

महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । जिल्ला अदालतको सफाईपछि सरकारले २०७७ साल पुस १७ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।