देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइने

देशान्तर

काठमाडौं । १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश र्फकदै छन् । २३ वर्षपछि पदक बोकेर खेलाडी तथा पदाधिकारीहरु आज  दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् ।

पदक विजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराइने छ । उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइने छ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ ।  खेलाडीको स्वागत गर्न सेनाको व्यान्ड सहितको टुकडी समेत व्यवस्था गराइएको छ ।

खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुर्‍याइने कार्यक्रम रहेको छ । रंगशालामा खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ । 

]]>