सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा छलफल केन्द्रीत हुने छ ।
जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेकाले आज मन्त्रालय बाँडफाँडमा सहमति जुट्ने सम्भावना रहेको छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।
गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा सहभागी हुने छन् ।





प्रतिक्रिया