देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती: भीम रावल

देशान्तर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको हित विपरितका प्रावधान नहटाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले नेपालको हित विपरितका प्रावधान नहटाई एमसीसी अनुमोदन गरेमा देश उपनिवेशकरणतर्फ धकेलिने बताएका हुन् ।

नेता रावलले यस्तो काम सरकार र पार्टीहरुले नगरुन् भन्दै यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का राख्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-

नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरण तर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।