देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसिसी राष्ट्रघाती छ, गठबन्धनको हेक्का रहोस् : रावल

देशान्तर

काठमाडौं – नेकपा एमालेको उपाध्यक्ष भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी राष्ट्रघाती भएको बताएका छन्। नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने बताएका हुन्।

एमसिसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि त्यसलाई हेक्का राख्नुपर्ने उनको भनाइ छ। नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।