देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वमाओवादी नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा

देशान्तर

काठमाडौँ – सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।
आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघीय संसद सचिवालयको निर्णय बदर गर्न र सांसदकै रुपमा कामकाज गर्न दिन माग गर्दै उनीहरुले रिट दर्ता गराएका थिए ।

बिहीबारका लागि पेसीमा चढेको उक्त रिट वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । उक्त रिटमाथि बिहीबार सुनुवाई भई अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।