देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक सीमाभित्रै महाधिवेशन नगरे कांग्रेसको वैधानिकता सकिन्छ : कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने निश्चित भएको बताएका छन्।

संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हेक्का छ कि छैनरु भन्दै प्रश्नसमेत गरेका छन्। संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर महाधिवेशन सारेर पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी राख्न खोजेको स्पष्ट पारेका छन्।

पदाधिकारी र पूर्व पदाधिकारीहरूको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो रु यसको जवाफ कसले दिनेरुु उनले असन्तुष्टि जनाउँदै लेखका छन्, पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढि सक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन।

लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज नराम्रो सन्देश जाने उनको बताएका छन्। पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गर्न उनले माग समेत गरेका छन्।

महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ। क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ।

बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्नका छानविन समितिलाई लागि २४ घण्टाको समय दिइएको थियो। आज पनि पदाधिकारी बैठक बस्दैछ।

भदौ १६ गते आउन ३५ दिन बाँकी रहँदा महाधिवेशन समयसीमा भित्र नहुने नेताहरुले बताउन थालेका छन्। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन तोकेको छ।