काठमाडौं – ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् ।
नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने बताउँदै उनले निःशुल्क वा न्युनतम शुल्क निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गरिने बताइन् ।





प्रतिक्रिया