देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४२ प्रतिशत अपांगता भएका व्यक्तिको एकभन्दा बढी यौनसाथी

देशान्तर

काठमाडौं । अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ। अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले १५ देखि ३० वर्ष उमेरका अपांग युवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको हो।

अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ।
 
मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा उपत्यकाका तीनसहित ६ वटा जिल्लाका अपांगता भएका युवायुवतीबीच अध्ययन गरेको थियो। परिषदले समेत गत वर्ष जनवरी र फेब्रुअरीमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र पर्सा जिल्लामा अध्ययन तथा तथ्यांक संकलन गरेको प्रमुख अनुसन्धानकर्ता रामचन्द्र गैरेले जानकारी दिए।

अध्ययनकाक्रममा विवाहअगाडि प्रेममा पर्ने तथा विवाहितले समेत एकभन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको भेटिएको छ। नागरिक दैनिकमा समाचार छ। 

]]>