देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनमा मन्त्रीको भागबण्डा मिल्यो : कांग्रेस ८, माओवादी र जसपालाई ७ मन्त्रालय

देशान्तर

काठमाडौं – सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ । गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो ।

गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज (विहीबार) बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले जानकारी दिएको छ । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ ।