काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको उनले बताए । नेता नेपालले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने भन्दै प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।





प्रतिक्रिया