देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धि विवाद पाँच दिनभित्र टुंगाउने

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धि विवाद पाँच दिन भित्र टुंगाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता विवाद पाँच दिन भित्र टुंगाउने निर्णय गरेको हो ।

यसअघि क्रियाशील सदस्यता छानबिन समितीले मिलाउन नसकेका विषयलाई पदाधिकारीले मिलाउने निर्णय भएको हो । क्रियाशील सदस्यता विवाद टुंगिएपछि महाधिवेशनको प्रक्रिया शुरु हुने बताइएको छ । क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार नै आफ्नो प्रतिवेदन बुझाईसकेको छ ।

अहिले काँग्रेसको क्रियाशील सदस्यता विवाद बारा र सप्तरी जिल्लाका नयाँ सदस्यता तथा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाही-२ मा अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाको सदस्यतामा विवाद रहेको छ ।