देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकलाई तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता सिंहको माग

देशान्तर

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकारले प्राथमिकता दिए पनि सोहीअनुसारको काम गर्न नसकेको गुनासो समेत गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोहीअनुसारको काम गरेर देखाउन आग्रह गरे।

कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गर्नु हुने सबैलाई सम्मान समेत गरेका थिए