देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

देशान्तर

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ ।

सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेता नेपाल पक्ष सरकारमा सहभागी हुने नहुनेबारे निर्णय नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस परेको छ ।

नेपाल पक्ष सरकारमा नगए नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । यस्तै, एमालेका दोस्रो तथा तेस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आजै भेटवार्ता गराउने तयारी गरेका छन् ।