देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तारुढ गठबन्धन कार्यदलले सरकार सञ्चालन कार्यविधि टुङ्गो लगाउने

देशान्तर

काठमाडौँ – सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ ।

कार्यदलको अर्को बैठक आजै अपराह्न ४:३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजे शुरु भएको बैठक झण्डै १२:३० बजेसम्म चलेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी थिए ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एकरदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ ।