देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच सहमति

देशान्तर

काठमाडौं – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ।

सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।

वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्।

त्यसैगरी संघर्ष समितिका तर्फबाट संयोजक डाक्टर एसपी रिमाल, सहसंयोजक डाक्टर विष्णु पोखरेलसहित १२ जना सदस्यले हस्ताक्षर गरेका छन्।