देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब धरहरा र रानीपोखरी पनि भत्काउनू : श्रेष्ठ

देशान्तर

काठमाडौं –  राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको खारेज गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले अघिल्लो सरकारले गरेकै नाममा राम्रा काम पनि उल्ट्याएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ। यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो बर्गका जनताको जीवनसित जोडिएको आयोग थियो। यसमा बेठीक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त ! श्रेष्ठले लेखेका छन्, अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ।’

उनले राम्रा कुरालाई जसले थाले पनि निरन्तरता दिइनु पर्नेमा जोड दिएका छन्।

श्रेष्ठले लेखेका छन्, ‘जनविरोधी – देशघाती कुरा मात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्ट्याए भयो। रानी पोखरी पनि भताभुंग पारे भयो।