काठमाडौं – क्रियाशील सदस्यता विवाद र महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जारी छलफलमा विशेष महाधिवेशन वा अन्य वैकल्पिक प्रस्तावबारे पनि छलफल भएको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा. शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाललगायत उपस्थित छन् ।





प्रतिक्रिया