देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अखिलको २२औँ महाधिवेशन आजबाट

देशान्तर

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु हुँदै छ । भृकुटीमण्डमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

महाधिवेशनमा संस्थापन पक्षबाट नवीना लामा र माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षले पार्टी स्थायी समिति सदस्य तथा अखिलका पूर्वअध्यक्ष शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बुधबार औपचारिक कार्यक्रम गरी लामासहित पदाधिकारीको उम्मेदवारी घोषणा गरेको छ । यो समूहबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महरको नाम घोषणा गरिएको छ । संस्थापन पक्षले अध्यक्षका दाबेदार रहेका महरलाई महासचिवमा अघि सारेर बलियो र सशक्त टिम सार्वजनिक गरेको दाबी गरेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

उता, वरिष्ठ नेता नेपालनिकट गौतम समूहबाट उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुलहुसेन खाँको उम्मेदवारी टुंगो लागेको छ । परिवर्तित परिस्थितिमा मधेसको सन्तुलनसमेत मिलाएर उम्मेदवारी टुंगो लगाएको सो समूहको दाबी छ । गौतम समूहले संस्थापनले नै पहिले छुट्टै भेला गरी गुटबन्दी संस्थागत गर्न खोजेको आरोप लगाएको छ ।

‘म सुरुदेखि नै सर्वसम्मत नेतृत्वको पक्षपाती हुँ । देशभरका साथीहरूसँग राय परामर्श गरिरहेकै बेला उहाँहरू ९संस्थापन पक्ष० ले पहिले छुट्टै भेला गरी उम्मेदवार सार्वजनिक गरेर गुटबन्दीलाई संस्थागत गर्नुभयो,’ गौतमले भने, ‘तर हामी त्यसरी सार्वजनिक नगरी उम्मेदवारी मनोनयन गर्छौं ।’ गौतम समूहले उम्मेदवारहरूको सूची सार्वजनिक नगरे पनि सचिवसहित सचिवालय सदस्यको नाम एकैपटक टुंग्याउने गरी अन्तिम गृहकार्य गरिरहेको छ ।

लामा समूहले भने सचिव, कोषाध्यक्ष तथा केन्द्रीय आयोगका अध्यक्षहरूको नाम पनि सार्वजनिक गरेको छ । यो समूहबाट सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, बसन्त ढकाल र अमृत बुढामगरको नाम टुंगो लागेको अध्यक्षकी दाबेदार लामाले जानकारी दिइन् । त्यस्तै, कोषाध्यक्षमा झपिन्द्र खत्री तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय, अनुशासन आयोगमा निशा अधिकारी र निर्वाचन आयोगमा तुल्सीराम मैनालीको नाम घोषणा भएको छ ।

]]>