काठमाडौं– वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा। डिला संग्रौला हुन् भने कांग्रेसकै सांसदद्धय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् ।
उनीहरुले कोरोना भाइरस कोभिड– १९ बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए, कति स्वदेश फर्किए त्यसको विस्तृत तथ्याङक सरकारसँग माग गरेका छन्।
‘विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट भएको सहयोग र वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजना लगायतका बिषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छौं’ प्रस्तावक डा। संग्रौलाल भनेकी छन्।
देश भित्रै रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजार समेत सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।





प्रतिक्रिया