देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २:०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यतालिकाअनुसार गाउँ/नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपी क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।