देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रालयका काम प्रभावित : मन्त्री छैनन्, सचिवले काम काम पाएनन्

देशान्तर

काठमाडौं – पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ ।

नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहन पाँच जना सचिवले लामो समयदेखि कुनै जिम्मेवारी पाउन नसक्दा उनीहरुमा निराशा छाएको छ । प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन् । तीमध्ये केही मन्त्रालयमा सचिवसमेत छैनन् ।

मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन् । सरकारले बढुवा भएका सचिवलाई समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरित्त समूहमा रहेर हाजिर गर्न र दिन बिताउन विवश छन् । लामो समय कामविहीन हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे, र किरणराज शर्मा र हरि मैनाली रहेका छन् । राजधानी दैनिकबाट