देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परीक्षा स्थगित गर्दा विकल्पसहित निर्णय गर्न गगन थापाको सुझाव

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गर्दैगर्दा विद्यार्थीलाई अलमलमा पार्न नहुने बताएका छन्। परीक्षा स्थगित गर्दा विकल्पसहित निर्णय गर्नुपर्ने नेता थापाले सुझाव दिएका छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले ट्विटरमा लेखेका छन्, ुहिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं। प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाएका छन् ।

विद्यार्थीलाई अलमल पार्न नहुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपार्ने विश्वास दिएको उनको भनाइ छ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो। कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको छ।