देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको भिडिओ सन्देश- तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिँदैछ, सबै जिम्मेवार बनौँ

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् । ‘तेस्रो लहरको कोरोनाभाइरसको लक्षण देखिँदैछ,’ शनिबार एक सन्देशमूलक भिडिओ सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘कोरोनाभाइरस सरकारको एक्लो प्रयासले मात्रै नियन्त्रणमा आउन सक्दैन । त्यसकारण सबैले यसमा ध्यान दिनुपर्छ ।’

जनताले गरेको प्रयासले सरकारलाई ठूलो सहयोग पुग्ने प्रधानमन्त्री देउवाको भनाइ छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पालना गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । ‘बाहिर निस्कनुअघि मास्कको अनिवार्य प्रयोग गरौँ,’ देउवाले भनेका छन्, ‘अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कौँ । महामारीको नियन्त्रणका लागि सबै जिम्मेवार बनौँ । सरकार एक्लैले केही गर्न सक्दैन । जनताले पूर्ण साथ दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरुलाई पनि आफ्नो ठाउँबाट महामारीविरुद्ध डट्न आग्रह गरेका छन् । ‘राजनीति दलहरुले पनि आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी निभाऔं । सबैजना एकजुट होऔं ।’ प्रधानमन्त्री देउवाले सबैको प्रयासबाट चाँडै कोरोनाभाइरस नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन् ।