देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदै

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न​ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

बिहान १० बजेदेखी प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले आजै बिहान सिन्धुपाल्चोकका बाढी पीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार जान लागेको बताएका थिए।

देउवा नेतृत्वको गठबन्धनको सरकार गठन भएको महिना दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन।