देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थापाको प्रश्न– १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालनको आधार के हो ?

देशान्तर

काठमाडौं– पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरू परीक्षा नरोकिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् सांसद थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालनको आधार के हो भनी प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन यसको आधार र तर्क के हो रु यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ रु प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्‍यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो ।

राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत शनिबार साउन ३१ गतेदेखि हुने तय भएको कक्षा १२ परीक्षा स्थगित गरेको थियो । तर, आइतबार बसेको त्रिविको बैठकले परीक्षा तालिका सार्वजनिक भइसकेका परीक्षा नरोकिने निर्णय गरेको थियो ।