देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म मूल बाटोबाट फेरि सरकारमा आउँछु : ओली

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् ।

म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु, ओलीले भने । उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।

मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्धत्री बनाएका हुन्, उनले भने ।