देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको प्रधानमन्त्री देउवालाई प्रश्न- एमसीसी बारे के हुन्छ ?

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै ओलीले एमसीसी बारे के हुन्छ ? नेपाली जनताले जान्न चाहेकोले सरकारसँग जवाफ मागेका हुन् । ओलीले सरकारले न्युनतम साझा कार्यक्रममा एमसीसी बारे उल्लेख नगरेको भन्दै आफैले हस्ताक्षर गरेको एमसीसी पास गर्न किन डराएको भन्दै प्रश्न गरेका छन् ।

सरकारले १६५ सांसदको विश्वासको मत पाएको भन्दै एमसीसी बारे सरकारको धारणा माग गरेका छन् ।