देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जयसिंह धामी खोजबिनको अवस्था सदनमा जानकारी गराउन सभामुखद्धारा सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं – दार्चुलामा भारतीय प्रहरी एसएसबीका जवानले तुइन काटिदिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् । भारतीय पक्षले भने यो घटना एसएसबीको संलग्नता नभएको दाबी गर्दै आएको छ ।

यथार्थ पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । सो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनेको छ । यो घटनाको संसदमा चर्को आवाज उठ्दै आएको छ ।