देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ। पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदलको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो पदाधिकारी बैठक बोलाएको सचिवालयले जनाएको छ।

बैठकमा महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा छलफल हुँदैछ। देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने माग गरेका छन्।

सचिवालयकाअनुसार देउवाले भोलि बस्ने केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको विषयमा निर्णय गरेर अघि बढ्ने तयारी गरेका छन्। दिउसो बोलाइएको पदाधिकारी बैठकअघि देउवाले आफु निकट निकट नेताहरुसँग अहिले छलफल गर्दैछन्।

दिउसो बस्ने बैठकमा एउटै धारणा तय गर्नका लागि देउवाले आफूनिकट नेताहरुसँग अहिले बुढानिलकण्ठमा छलफल गरिरहेको उनी निकट नेताले जानकारी दिए ।