काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदै छ। मुद्दा न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलास तोकिएको छ।
हिजो प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको थियो। लुम्बिनी प्रदेशका एमाले सांसद लीला गिरीले रिट दायर गरेको रिटमा संविधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम बनेको सरकारमाथि दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ।
विपक्षी गठबन्धनका सांसदको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले आजका लागि बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे बस्ने छ।





प्रतिक्रिया