काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्। भक्तपुरको मध्यपुर नगरपालिका-३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने, जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ।,
संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ। ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको उनले बताए। उनले भने, ओलीको भनाई र गराई फरक छ। आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नुहोस्। म नै सबथोक मैले बोलेपछि नहुने भनेकै केही छैन। त्यही घमण्डको कारणले दुईतिहाइको सरकारबाट बालकोट पुग्नुपरेको छ।,
जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए। जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेको उनको भनाइ छ।





प्रतिक्रिया