देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

देशान्तर

बुटवल — नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले भर्खरै नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ुकु बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री केसीको आजै शपथ हुँदैछ । अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहनेछन् ।