देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशनमा १९१ क्षेत्रका २२ सय ९२ प्रतिनिधि टुंगो लाग्यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले १३ औँ महाधिवेशन अन्तर्गत शुक्रवारबाट सुरु दोस्रो चरणको प्रक्रियाअन्र्तगत शनिवारसम्ममा १ सय ९१ निर्वाचन क्षेत्रवाट २२ सय ९२ महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ। एक निर्वाचन क्षेत्र भएको डडेलधुरामा शुक्रवार नै सर्वसम्मतिबाट प्रतिनिधि छनोट भए पनि सोलुखुम्बुबाहेक बाँकी ११ जिल्लामा सोमबार जिल्ला अधिवेशन हुनेछ।

रौतहट, महोत्तरीमा क्षेत्रीय अधिवेशन प्रक्रिया सुरु भएपनि सहमतिका लागि भन्दै केही दिन समय मागेका छन्।  धनुषा, पर्सा, सर्लाही, सप्तरी र भक्तपुरमा क्षेत्रिय अधिवेशन सुरु भएको छैन। धनुषाबाहेका जिल्लामा सोमबारबाट मात्र अधिवेशन सुरु हुने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जाकनारी दिए।

आन्तरिक विवादका कारण धनुषाको अधिवेशनको मिति टुंगो लाग्न बाँकी रहेको बताउँदै घिमिरेले भने,‘लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गर्नुपर्छ, एकले अर्कालाई दोष दिएर उम्किन मिल्दैन।’

त्यस्तै सोलुमा पनि आन्तरिक विवादका कारण अधिवेशन अनिश्तिचत बनेको छ भने दाङ क्षेत्र नम्बर ३ को निर्वाचन स्थगित भएको छ। मतदान अधिकृतको हस्ताक्षरविनाका ११ मतपत्र भेटिएपछि त्यहाँको निर्वाचान स्थगित भएको छ।  नागरिक दैनिकमा समाचार छ।

]]>