झापा – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गर्ने बताएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नेपाल राष्ट्रिय बंगाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग भेटघाटमा मुख्यमन्त्री राईले नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन्।
उनले राष्ट्रिय बंगाली समाजले उठाएको माग उठाएको माग राष्ट्रिय स्तरमा उठाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल बताए। मुख्यमन्त्री राईले बंगाली समुदायले साहित्य, कला, संस्कृति र बौद्धिक तहबाट देश निर्माणमा गरेको भूमिकाको प्रशंसा गरे।
यता राष्ट्रिय बंगाली समाजले देशभरका जिल्लामा छरिएर बसोबास गरिरहेका बंगाली समुदायको उत्थानका लागि मुलुकभर अभियान थालिसकेको समाजका राष्ट्रिय अध्यक्ष सरकारले बताए। ‘अहिले हामी जिल्लागत समुदायको तथ्यांक संकलनमा जुटेका छौँ, संकलनपश्चात् जिल्ला(जिल्लामा समितिहरू गठन गर्ने छौँ,’ उनले भने। देशमा रहेका अन्य आयोग जस्तै हाम्रो पनि छुट्टै आयोग गठन हुनुपर्ने एक सूत्रीय माग रहेको उनको भनाइ छ।
बंगाली समुदायका युवा भद्रपुर नगरपालिका–६ निवासी सहिद सुरज विश्वासले दोस्रो जनआन्दोलनमा सहादत समेत प्राप्त गरेका थिए।





प्रतिक्रिया