देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अघोषितरुपमै खुल्यो वीरगन्ज नाका

देशान्तर

काठमाडौं । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि प्रकट गर्दै भारतले गरेको अघोषित नाकाबन्दी अघोषितरुपमै खुलेको छ।

शुक्रवारदेखि ससहज भएको वीरगन्ज रक्सौल नाकामा शनिवार अबरोध गर्न पुगेका मधेसी मोर्चाका केही नेता कार्यकर्तालाई भारतीय प्रहरी र व्यापारीले नै धपाइदिएका छन्।

वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माका अनुसार नाका सहज बनेको दोस्रो दिन २ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ।  

मोर्चाको निर्णय बिना शुक्रवार वीरगन्ज रक्सौलबीचको मितेरी पुलेको धर्ना सीमावर्ती क्षेत्रका व्यापारीले हटाएपछि शनिवार पुन नाका अबरोध गर्न नेता कार्यकर्ता पुगेका थिए। कान्तिपुर दैनिकमा समाचार छ।

]]>