देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डलर दुई वर्षयताकै महंगो

देशान्तर

काठमाडौं । अमेरिकी डलर दुई वर्षयताकै महंगो भएको छ। प्रमुख परिवत्र्य विदेशी मुद्राको भाउ बढ्दा सामान्य खानेकुरादेखि ठूल्ठूला मेसिन  औजारसमेत आयात गर्नु पर्ने नेपालका सर्वसाधारणको टाउकोमा महंगी भारी थपिने छ। यसले थप नेपालीलाई गरिवीको रेखामुनि धकेल्न सक्छ।  

२०७० माघमा डलरको भाउ १ सय ९ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घटेको मूल्य फेरि उँभो लागेर शनिवार १ सय ८ रुपैयाँ भन्दा माथि पुगेको छ। डलरको भाउ दुई वर्ष अघिकै अवस्थामा पुगेको नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक एवं विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए।

शनिवारका लागि नेपाल राष्ट्र बैँकले अमेरिकी डलरको खरिद दर १ सय ८ र बिक्रीदर १ सय ८ रुपैयाँ ३ पैसा तोकेको थियो।  नागरिक दैनिकमा समाचार छ।
 

]]>