काठमाडौँ – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । महोत्तरीका हरिशंकर मिश्रलाई राष्ट्रपति भण्डारी ले आजै प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।
यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा ९१० खण्ड ९ख० बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी थिइन् ।





प्रतिक्रिया