काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो ।
यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।
निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए ।





प्रतिक्रिया