देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति भण्डारी

देशान्तर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने भएकी छिन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको संसोधन अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । मंगलबार राष्ट्रपति कार्यालयले अध्यादेश अध्ययनका क्रममा रहेको बताएको थियो ।

अध्यादेशमाथिको अध्ययन सकिएको छ र बुधबार नै भण्डारीले अध्यादेश जारी गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । अध्यादेश जारी गरे लगत्तै राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनको रुप लिन्छ । राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले भण्डारीले अध्यादेश जारी गर्ने बताए ।

‘मन्त्रीपरिषद्ले निर्णय गरेर प्रधानमन्त्रीले सिफारिस गरेपछि अध्यादेश रोक्ने भन्ने हुँदैन,’ ढकालले भने, ‘राष्ट्रपति ज्यूले स्वभाविक रुपमा जारी गर्नु हुन्छ ।’ राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल त्याग गरेर नयाँ दल खोल्नका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य रहने व्यवस्था छ ।

सरकारले संसदीय दल या केन्द्रीय कमिटी मध्ये एउटामा २० प्रतिशत सदस्य भए पनि पार्टी विभाजन गर्न सक्नेगरी ऐन संशोधन गरेर अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको हो ।